सभासद मण्डलविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाण्डु टुडे २०७० माघ ६ गते ५:०० मा प्रकाशित

Lalendra-Mandal-300x255काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका समानुपातिक सभासद लालेन्द्रकुमार मण्डलको सभासदको सपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट माथि सोमबार सुनुवायी हुँदैछ ।

एमाओवादीले समानुपातिकतर्फ सभासद बनाएका मण्डल हत्या आरोपमा अदालतले वारेन्ट जारी गरेको व्यक्ति भएको भन्दै उनको सपथ ग्रहण रोकी सभासद नबनाउन माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर भएको थियो ।

अधिवक्ता दिनेश त्रिपाठीले अदालतले वारेन्ट जारी गरेको व्यक्ति सभासद हुन नहुने भन्दै रिट दायर गरेका हुन् ।

त्रिपाठीले महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा वारेन्ट जारी गरेको व्यक्ति सभासद बन्न नसक्ने भन्दै मण्डलको सपथ ग्रहण रोकि सभासदको हैसियतमा कुनै काम नदिन नदिलाउन माग गरेका छन् । साथै रिटमा मण्डललाई संविधानसभा भवन प्रवेशमा रोक लगाउन समेत माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us