थापाद्वारा राष्ट्रपतिबाट सभासदको सपथ ग्रहण

काठमाण्डु टुडे २०७० माघ ६ गते ६:२० मा प्रकाशित

sapathकाठमाण्डु, ६ माघ – राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका जेष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापालाई पद तथा गाेपनियताको सपथ खुवाउनु भएको छ ।

शीतल निवासमा सोमबार मध्यान्ह एक कार्यक्रमकाबीच थापालाई सपथ ग्रहण गराइएको हो । संविधानसभाले नयाँ अध्यक्ष निर्वाचन नगरुन्जेल थापाले सो जिम्मेवारी बहन गर्नेछन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

थापाको सपथ ग्रहणपछि संविधानसभाको प्रक्रिया औपचाकि रुपमा सुरु भएको छ । संविधानसभाका जेष्ठ सदस्य थापाले मंगलबार बिहान संविधानसभाका अन्य सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सभासद्हरुलाई संविधानसभाका जेष्ठ सदस्यले सपथ ग्रहण गराउने प्रचलन रहिआएको छ ।

बुधबार संविधानसभाको पहिलो बैठक आह्वान भएकाले त्यसअघि नै सभासदहरुको सपथ ग्रहणको प्रक्रिया सकाउने संविधानसभा सचिवालयको तयारी छ । संविधानसभाको पहिलो बेठक माघ ८ गते बुधबार बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us