पार्टी नेतृत्वमा प्रचण्डको विकल्प छैन : श्रेष्ठ

काठमाण्डु टुडे २०७० माघ ६ गते ९:५० मा प्रकाशित

narayan-kaji_20111226084444काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रुपान्तरण सहित प्रचण्डकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाण्डुमा जारी एमाओवादी केन्द्रीय समिति बैठकमा श्रेष्ठले अहिलेको अवस्था नेतृत्व परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने बताए ।

यथास्थितीमा अघि बढ्दा पार्टी विजर्नमा पुग्ने भन्दै श्रेष्ठले रुपान्तरणसहित अघि बढ्नुपर्नेमा जोड दिए । शीर्ष नेताहरु आआफ्नो बाटो लाग्दा पार्टीमा फुट र विभाजन हुने भन्दै श्रेष्ठले सबै एक भएर अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

राष्ट्रियता, संगठन शुद्धिकरण, पार्टी निर्माणलगायतका विषयमा दुई घण्टा बोलेका श्रेष्ठले संगठन मजबुत बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । एमाओवादी बैठकमा सातजना केन्द्रीय सदस्यले आआफ्ना धारणा राखेका थिए ।

सोमबारको बैठकमा पूर्णा सुवेदी, प्रभु शाह, लीलबहादुर थापा, बसन्त शर्मालगायतका नेताले अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रीय समिति बैठक मंगलबार दिउँसो २ बजे फेरि बस्नेछ ।

यसैबीच एमाओवादी प्रवक्त अग्नी सापकोटाले वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीको नेतृत्व परिवर्तनको कुरा नगरेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सापकोटाले नेता भट्टराईले पार्टीभित्र यस्तो प्रस्ताव नगरेको दावी गरे ।

पार्टीले उत्तराधिकारीको टिम निर्माण गरेर मात्रै नेतृत्व परिवर्तन गर्ने योजना बनाएको भन्दै तत्काल नेतृत्व परिवर्तनको कुनै संभावना नरहेको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us