फेरी बिग्रिएपछि यातायात सेवा अवरुद्ध

काठमाण्डु टुडे २०७० माघ ६ गते ३:५४ मा प्रकाशित

जाजरकोट, ६ माघ – जाजरकोट—छिन्चु सडकखण्डभित्र पर्ने राकमस्थित भेरी नदीमा रहेको फेरीमा खराबी आएपछि भेरीको दुई किनारामा यातायातका साधनहरु थन्किएका छन् ।

लामो समयदेखि यस सडकखण्डको सल्लीबजार–राकम जोड्ने पुल निर्माण हुन नसक्दा फेरीको भरमा यातायातका साधन वारपार गर्ने गर्दछन् । फेरी नहुँदा जाजरकोटबाट नेपालगन्ज र सुर्खेत जान तीनवटा बस बदलेर जार्नुपर्ने र भाडा पनि चर्को तिर्नुपर्ने समस्या हुने गरेको खलङ्गाका चन्द्र पुनले बताए ।

फेरीमा खराबी आएलगत्तै जाजरकोट र देशका अन्य भू¬भागको सिधा सम्पर्क टुटेको छ । वर्षमा पाँच महिना मात्र सञ्चालनमा आउने यो फेरी पटकपटक खराबी हुँदा यात्रु तथा व्यापारीले सास्ती व्यहोर्दै आएका छन् ।

फेरी मर्मत नभएसम्म व्यापारीको लाखौंको घाटा हुने र उपभोक्ताहरु मारमा पर्ने देखिन्छ । फेरी मर्मत गर्न चार दिन लाग्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us