युवकको शव भेटियो

काठमाण्डु टुडे २०७० माघ ६ गते ११:५० मा प्रकाशित

कलैया, ६ माघ– बाराको सुरवी पथरा गाविस ६ नायकाटोलमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक बारा महेन्द्र आदर्श गाविस ६ बस्ने सत्यनारायण पटेलका ३० वर्षीय छोरा रोशन रहेका छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us