एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७० माघ ६ गते २:५२ मा प्रकाशित

Perisdadaकाठमाण्डु, ६ माघ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक सोमबार पनि बस्दै छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथि बोल्न बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् ।

यसअघि शुक्रबारको बैठकमा नेता डा. बाबुराम भट्टराई, नेतृ उर्मिला अर्याल, नवराज सुवेदी हेमराज भण्डारीलगायत नौ जनाले धारणा राखेका थिए ।

बैठकमा भट्टराईले आफ्नो नेतृत्वमा चुनावमा गराउन नसक्नु ठुलो गल्ती भएको बताएका थिए । उनले पार्टी भित्र गुटगत आधारमा आग्रह पूर्वाग्रह व्यवहार गर्न नहुनेमा जोड दिए ।

यस्तै नेतृ उर्मिला अर्यालले पार्टीका हरेक तहमा विधि र पद्धती स्थापित हुनुपर्ने बताएकी थिइन् । पार्टी भित्र कतिपय गतिविधि पद्धती भन्दा बाहिर गएर हुने गरेको भन्दै विधि अनुसार अघि बढ्नुपर्ने उनको भनाई थियो ।

सोमबारको बैठकमा अब बोल्न बाँकी नेताले धारणा राख्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us