काठमाण्डु, ५ माघ – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शितल निवासमा आइतबार बिहान भएको भेटमा यादवले संसद बैठक बोलाउने पहल थाल्न आग्रह गरेको बुझिएको छ । कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत...
भर्जिनिया, अमेरिका ५ माघ–अमेरिकन कङ्ग्रेसनल नेपाल ककसका सह-अध्यक्ष जेरेड पोलिसले अमेरिका नेपालको प्रजातान्त्रिक पद्धतिको विकासका लागि सधै एक बलियो सहयोगी हुने बताएका छन् । भिजन फर नेपाल फाउण्डेशनले नेपालमा राज्यको पुनर्समचना र संघियताका बारेमा नागरिक सर्वेक्षण गर्ने उद्देश्यले वाशिङ्टन डिसीमा आयोजना गरेको अनुदान सङ्कलन...
काठमाण्डु, ५ माघ – प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले डिन नियुक्तिलगायत विषयमा उठाउनुभएका मुद्दालाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ । सङ्घका अध्यक्ष प्राध्यापक वासुदेव घिमिरेले एउटै विषयमा बारम्बार एउटै व्यक्तिले सङ्घर्ष गरिरहनुपर्ने बाध्यात्मक स्थिति...
बारा, ५ माघ – बाराको पुरानो कोतघर जीर्ण बन्दै गएपछि पुनःनिर्माण गरिने भएको छ । २०२६ सालदेखि सञ्चालन हुँदै आएको बाराको डुमरवाना–७ स्वाभिमानबस्ती कतर्वास्थित कोतघर आर्थिक अभावमा पुनः निर्माण हुन सकेको थिएन । दुई सय ५० घरधुरीले कोतघरको जमरा दसैँमा प्रयोग गर्दै आएका छन्...
चितवन, ५ माघ – चितवनको रामनगरमा यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आउँदै गर्दा चितवनको रामनगरमा बस एक्कासि अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ काठमाडौँबाट नारायणगढ आउँदै गर्दा ना ५ ख १९...
काठमाण्डु, ५ माघ – काठमाण्डुको बुद्धनगरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । बुद्धनगरस्थित यमवहादुर भण्डारीको घरमा कोठा भाडामा बस्ने विजय गुप्ताको कोठामा आगलागी हुँदा गुप्ता र उनकी श्रीमती शारदाको मृत्यु भएको हो । गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको बताइएको छ...
काठमाण्डु, ५ माघ – संविधानसभा सचिवालयले पहिलो बैठकको कार्यसूचीका विषयमा दलहरुसँग छलफल गर्दैछ । सरकारले माघ ८ गतेका लागि संविधानसभाको पहिलो बैठक आहृवान गरेपछि सचिवालयले छलफलका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दललाई बोलाएको हो । आईतबार हुने छलफलमा संविधानसभाको पहिलो वैठकमा प्रस्तुत गर्न कस्तो...
काठमाण्डु, ४ माघ– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न त्रिविका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षण अस्पतालको समस्या समाधान गर्ने उद्देश्यका साथ बसेको बैठकले आमरण अनशनमा बस्नुभएका चिकित्सकको स्वास्थ्य स्थिति तथा...
काठमाण्डु, ४ माघ – संसदीय दलको नेता को हुने भन्न विवादले उग्र रुप लिएपछि कांग्रेसले अन्तत चुनावबाटै संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि माघ १२ गतेको समय तोकिएको छ । कांग्रेसले यसअघि शनिबार संसदीय दलको नेता छान्न निर्वाचन समिति नै गठन...
सप्तरी, ४ माघ – सन् २०१३ मा सप्तरीमा एक पूर्व जनप्रतिनिधिसहित छ जनाको आफ्नै आफन्त तथा नजिकका व्यक्तिबाट हत्या भएको छ । इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१३ को वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले सार्वजनिक गरेको...
काठमाण्डु, ४ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको निसीभुजी जनता क्याम्पस बाग्लुङ्गमा अर्थ मन्त्रालयबाट भवन निर्माणका लागि निकासा भएको २५ लाख रुपैयाँ विश्वविद्यालय अनुदान आयोगबाट निकासा गरी पठाई दिए बापत उक्त क्याम्पसका प्रमुख ऋषिराम शर्माबाट १५ हजार घुस लिने एक कर्मचारीलाई पक्राउ गरेको...
काठमाण्डु, माघ ४– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभाले गरेको निर्णयलाई नयाँ संविधानसभाले अस्विकार गर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा थापाले विघटन भएको संविधानसभाका निर्णयलाई मान्यता दिने हो भने नयाँ संविधानसभाको निर्वाचनको कुनै औचित्य नहुने बताए । थापाले...