कांग्रेस विवाद उत्कर्षमा : संसदीय दलको नेता १२ गते छानिने

काठमाण्डु टुडे २०७० माघ ४ गते ११:३७ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ४ माघ – संसदीय दलको नेता को हुने भन्न विवादले उग्र रुप लिएपछि कांग्रेसले अन्तत चुनावबाटै संसदीय दलको नेता छान्ने भएको छ । त्यसका लागि माघ १२ गतेको समय तोकिएको छ । कांग्रेसले यसअघि शनिबार संसदीय दलको नेता छान्न निर्वाचन समिति नै गठन गरेको थियो ।

कांग्रेसले प्रवक्ता दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा तीन सदस्सीय निर्वाचन समिति गठन गरेको हो । समितिमा रमेश रिजाल र रामचन्द्र तिवारीलाई सदस्य तोकिएको छ ।

१२ गते अघि पनि सहमतिको प्रयास गरिने र सहमति नभए चुनावबाट नेता छान्ने एक नेताले बताए ।

कांग्रेसका सभापति शुसील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद बढ्दै जाँदा नेता छान्न समिति नै गठन गर्नुपरेको हो ।

तीन नेताबीच संसदीय दलका नेतामा सहमति नभए यो समितिले नै निर्वाचनमार्फत संसदीय दलको नेता चयन गर्ने एक सदस्यले बताए ।

यसैबीच कांग्रेसले आफ्ना समानुपातिक तर्फका सभासदलाई प्रमाणपत्र दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us