तीन दलका शीर्ष नेतासँग राष्ट्रिपतिको भेट

काठमाण्डु टुडे २०७० माघ ५ गते १०:०० मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, ५ माघ – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शितल निवासमा आइतबार बिहान भएको भेटमा यादवले संसद बैठक बोलाउने पहल थाल्न आग्रह गरेको बुझिएको छ ।

कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा राष्ट्रपति यादवले संविधानसभाको बैठक आह्वान भइसकेपनि संसदको बैठक बस्ने मिति अनिश्चित भएकाले बैठक आह्वानको पहल थाल्न आग्रह गरेका हुन् ।

जवाफमा नेताहरुले संसद बैठक डाक्नका लागि आवश्यक पहल थाल्ने बताएका छन् ।

भेटमा तीनै शीर्ष नेताले एक वर्षभित्र संधिवान निर्माण गर्न आफूहरु गम्भीर भएर लागि परेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us