संसद सचिवालयले दलहरुसँग छलफल गर्दै

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:१० मा प्रकाशित

biccकाठमाण्डु, ५ माघ – संविधानसभा सचिवालयले पहिलो बैठकको कार्यसूचीका विषयमा दलहरुसँग छलफल गर्दैछ ।

सरकारले माघ ८ गतेका लागि संविधानसभाको पहिलो बैठक आहृवान गरेपछि सचिवालयले छलफलका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दललाई बोलाएको हो ।

आईतबार हुने छलफलमा संविधानसभाको पहिलो वैठकमा प्रस्तुत गर्न कस्तो कार्यसूची तयार गर्ने भन्ने विषयमा कुराकानी हुने सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

दलसँगको छलफलपछि पहिलो बैठकको कार्यसूचीको तय हुने उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us