घुससहित आयोगका वरिष्ठ सहायक पक्राउ

काठमाण्डु टुडे २०७० माघ ४ गते ९:५९ मा प्रकाशित

CIAAकाठमाण्डु, ४ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङको निसीभुजी जनता क्याम्पस बाग्लुङ्गमा अर्थ मन्त्रालयबाट भवन निर्माणका लागि निकासा भएको २५ लाख रुपैयाँ विश्वविद्यालय अनुदान आयोगबाट निकासा गरी पठाई दिए बापत उक्त क्याम्पसका प्रमुख ऋषिराम शर्माबाट १५ हजार घुस लिने एक कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले उदयपुर, बेलटार ५ घर भएका विश्वविद्यालय अनुदान आयोगका बरिष्ठ सहायक विष्णुबहादुर खड्कालाई घुससहित रङ्गेहात पक्राउ गरी हिरासतमा लिएको छ ।

खड्कामाथि थप अनुसन्धान भइरहेकव अख्तियारका प्रवक्ता श्रीधर साप्कोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us