बस दुर्घटनामा १६ जना घाइते

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:४२ मा प्रकाशित

चितवन, ५ माघ – चितवनको रामनगरमा यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढ आउँदै गर्दा चितवनको रामनगरमा बस एक्कासि अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ काठमाडौँबाट नारायणगढ आउँदै गर्दा ना ५ ख १९ नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us