अघिल्लो संविधानसभाले गरेका निर्णय मान्दैनौं :कमल थापा

काठमाण्डु टुडे २०७० माघ ४ गते ९:३१ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, माघ ४– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभाले गरेको निर्णयलाई नयाँ संविधानसभाले अस्विकार गर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा थापाले विघटन भएको संविधानसभाका निर्णयलाई मान्यता दिने हो भने नयाँ संविधानसभाको निर्वाचनको कुनै औचित्य नहुने बताए ।

थापाले पुरानो संविधानसभाको निर्णय जबरजस्ती लाद्न खोजे आफ्नो पार्टीलाई मान्य नहुने र त्यसको विरोध गर्ने बताए ।

यो संविधानसभा अघिल्लो संविधानसभाको दोस्रो संस्करण नभइ नयाँ संविधानसभा भएकाले नयाँ संविधानसभा नयाँ प्रक्रिया अनुसार अघि बढ्ने बताए ।

उनले राप्रपा नेपाल सरकारमा नजाने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us