शिक्षण अस्पतालको समस्या तत्काल समाधान गर्न रेग्मीको निर्देशन

काठमाण्डु टुडे २०७० माघ ४ गते १४:५४ मा प्रकाशित

Teaching Hospitalकाठमाण्डु, ४ माघ– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न त्रिविका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षण अस्पतालको समस्या समाधान गर्ने उद्देश्यका साथ बसेको बैठकले आमरण अनशनमा बस्नुभएका चिकित्सकको स्वास्थ्य स्थिति तथा शिक्षण अस्पतालको सेवा प्रभावित भई नागरिकमा पर्न सक्ने असरप्रति सजग रही तत्काल समस्या समाधान गर्न उनले निर्देशन दिएको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिनुए ।

छलफलमा विश्वविद्यालय पदाधिकारीले अहिले देखिएका समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका थिए । विश्वविद्यालयले केही दिनअघि प्रक्रिया विपरित डा शशी शर्मालाई डिन नियुक्त गरेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसी आमरण अनसनमा बसेपछि उनको माग पुरा गर्न भन्दै चिकित्सक संघले देशभरका अस्पताल बन्द गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us