आगलागीमा परी दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:३५ मा प्रकाशित

काठमाण्डु, ५ माघ – काठमाण्डुको बुद्धनगरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुद्धनगरस्थित यमवहादुर भण्डारीको घरमा कोठा भाडामा बस्ने विजय गुप्ताको कोठामा आगलागी हुँदा गुप्ता र उनकी श्रीमती शारदाको मृत्यु भएको हो ।

गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको बताइएको छ ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us