पूर्व मन्त्रीकै पार्टी सदस्यता नवीकरण नहुने

काठमाण्डु टुडे २०७० माघ ६ गते ७:१० मा प्रकाशित

Nepali-Congress-Flag1315101735खोटाङ, ६ माघ – पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतको आफ्नै गाउँ कार्य समितिले क्रियाशील सदस्यता नवीकरण नगर्ने भएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वारलाई अन्तर्घात गरेको आरोपमा काहुले गाउँ कार्य समितिले बस्नेतको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।

हाल महासमिति सदस्य रहेका बस्नेतले निर्वाचनमा अन्तर्घात गरी आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई हराएको भन्दै क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको काँग्रेस गाउँ कार्य समिति सभापति वर्तमान राईले बताए ।

बस्नेतको आफ्नै गाउँमा क्रियाशीलको सदस्यता नवीकरण नगर्ने निर्णयका बारेमा आधिकारिक जानकारी आइनसकेको काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए ।

गाउँ कार्य समितिको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै बस्नेत अब पार्टीको गाविस, क्षेत्रीय तथा जिल्ला अधिवेशन एवम् केन्द्रीय महाधिवेशनमा सहभागी हुनबाट वञ्चित हुनुपर्नेछ ।

बस्नेतले वन राज्यमन्त्रीबाहेक दुईपटक पार्टीको जिल्ला सभापतिका रुपमा काम गरिसकेका छन् । यसपटकको संविधानसभा निर्वाचनमा आफूले टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us