काठमाण्डु, १० माघ- संसदीय दलको नेताबारे एमाओवादीमा दोस्रो तहका नेताबीच विवाद बढ्न थालेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं बन्ने मनस्थिति बनाएका छन् । ‘संसदीय दलको नेता को हुने भन्ने विवाद बढ्न थालेपछि अध्यक्षले आफैं हुने मनस्थिति बनाउनु भएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्ष...
परासी, ८ माघ–नवलपरासीको पाल्हीमा ट्याक्टरले किचेर आमा–छोराको मृत्यु भएको छ । गेर्मी गाविस–८ का २३ वर्षीया चन्दादेवी कहार र उनको दुई वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मङ्गलबार साँझ परासीबाट बालुवा लोड गरेर गेर्मी जाँदै गरेको लु १...
रत्ननगर, ८ माघ–सहाराविहीन एक चेपाङ बालकलाई चितवनको गामवेसी चेपाङ संरक्षण केन्द्रले सहयोग गरी शिक्षा प्रदान गर्न थालेको छ । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा रहेको गामवेसीको चेपाङ सरक्षण केन्द्रले मकवानपुरको राक्सिराङ–८ ठाडेका आठ वर्षीय सहाराविहीन सुरज चेपाङलाई शिक्षा दिन थालेको हो । उनका बाबु शेखर...
गोरखा, ८ माघ–गोरखा जिल्लाको उत्तरी क्षेत्रका सबै नागरिकलाई साक्षर बनाउने योजनाका साथ जिल्ला शिक्षा कार्यालयले अभियान शुरु गर्दै छ । आगामी तीन महिनाभित्रमा विकट उत्तरी क्षेत्रका १५ देखि ४५ वर्ष उमेर समूहलाई साक्षर बनाइने योजना छ । गोरखा नगरपालिकासहित जिल्लाका ४३ गाविसमा साक्षरता अभियान...
काठमाण्डु, ८ माघ–पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार भारत भ्रमणमा गएका छन् । निजी कामको लागि उनी भारत गएको बताइए पनि राजनीतिक भेटवार्ता पनि गर्ने स्रोतको भनाइ छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै शाहाले भ्रमण नितान्त निजी भएको बताए । उनी राजस्थानस्थित उदयपुरका युवराजको...
काठमाण्डु, माघ – एकीकृत माओवादीका नेताहरुले पार्टी नेतृत्व रुपान्तरण हुनु पर्ने बेला आएको बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा धारणा राख्ने नेताहरुले अहिले नै नेतृत्व परिवर्तन गर्नुभन्दा रुपान्तरण गर्नु पर्नेमा जोड दिएका हुन् । बैठकमा बोल्दै वरिष्ठ नेता पोष्टबहादुर बोगटीले नेतृत्व परिवर्तन...
काठमाण्डु, ७ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष कमल थापालाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो । दलको ज्येष्ठ सदस्य श्यामसुन्दर टिवटेवालको अध्यक्षतामा भएको बैठकमा पार्टी उपाध्यक्ष...
कञ्चनपुर, ७ माघ – कञ्चनपुरको कृष्णपुर–४ मा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको जग्गा अतिक्रमण गरेर बसेका ३० परिवारलाइ मंगलबार हटाइएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी छाप्रा निर्माण गरी अवैधरुपमा बस्दै आएका परिवारलाई इलाका वन कार्यालय बाणि, इलाका प्रहरी कार्यालय र सामुदायिक...
बाँके, ७ माघ – बाँके जिल्लाका पशुपालक कृषकहरू कृषक समूह निर्माण गर्नतर्फ आकर्षित भएका छन् । समूहमा व्यवसायसँगै बचत पनि गर्दै भएको हुँदा व्यवसाय सञ्चालन गर्न सजिलो हुने भएपछि उनीहरू समूह निर्माणतर्फ आकर्षित भएका हुन् । बाँकेमा पशुपालन, गाईपालन, बाख्रापालन गरेर २५० बढी कृषक...
काठमाण्डु, ७ माघ – त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नयाँ डीन नियुक्त गर्ने निर्णयबाट सरकार पछि हटेको छ । त्रि.वि.का कुलपति एवम् मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा.शशी शर्मालाई नियुक्त गर्ने निर्णय निष्क्रिय गरी कार्यान्वयन नगर्न-नगराउन निर्देशन दिएका छन्...
काठमाण्डु, माघ ७ –त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले राजीनामा दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्माको नियुक्तिको विरोधमा डाक्टरहरुले सामूहिक राजीनामा दिएपछि कोइरालाले पनि राजीनामा दिएका हुन् । यसअघि त्रि.वि. शिक्षण अस्पतालका प्राध्यापक डाक्टरहरुले सामूहिक...
काठमाण्डु, ७ माघ – नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा लिन अस्पताल आएका बिरामीलार्ई ‘सेवा बन्द छ भनेर’ फिर्ता नपठाउन आफ्ना सदस्य चिकित्सकहरु र सम्बन्धित अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ । ‘अस्पतालमा आउने बिरामीको आकस्मिक सेवाबाट उपचार गर्न, भर्ना भएका बिरामीलाई अन्तरङ्ग सेवाबाट उपचार गर्न...