पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:३४ मा प्रकाशित

Gyanendraकाठमाण्डु, ८ माघ–पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार भारत भ्रमणमा गएका छन् । निजी कामको लागि उनी भारत गएको बताइए पनि राजनीतिक भेटवार्ता पनि गर्ने स्रोतको भनाइ छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै शाहाले भ्रमण नितान्त निजी भएको बताए । उनी राजस्थानस्थित उदयपुरका युवराजको विवाह समारोहमा सहभागी हुन भारत गएको बताइएको छ ।

उनको साथमा बुहारी हिमानीलगायत पूर्व राजपरिवारका अन्य सदस्यहरु पनि छन् । पूर्व राजा शाह भारतमा कति दिन रहन्छन् भन्नेबारे भने केही खुलाइएको छैन ।

उनले दोस्रो संविधानसभा निर्वाचन परिणाम सार्बजनिक भएपछि पनि एक साता लामो भारत भ्रमण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us