ट्याक्टरबाट खसेर आमा–छोराको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:५८ मा प्रकाशित

परासी, ८ माघ–नवलपरासीको पाल्हीमा ट्याक्टरले किचेर आमा–छोराको मृत्यु भएको छ । गेर्मी गाविस–८ का २३ वर्षीया चन्दादेवी कहार र उनको दुई वर्षीय छोरा मनिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मङ्गलबार साँझ परासीबाट बालुवा लोड गरेर गेर्मी जाँदै गरेको लु १ त २६७७ नम्बरको ट्याक्टरमा चढेर घरतर्फ जाँदै गरेका उनीहरुको सोही ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

चालक नजिकको सिटमा छोरा लिएर बसेकी कहार पल्टिन पुग्दा पछाडिको चक्काले किचेर दुवैको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us