समाचार

संविधानसभाको दोस्रो बैठक माघ १५ गते

२०७० माघ ८ गते १०:०५

काठमाण्डु, ८ माघ– संविधानसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँबानेश्वरस्थित संविधानसभा भवनमा केहीबेर बसेर बैठक सकिएको हो । सो अवसरमा मन्त्रिपरिषद अध्यक्षबाट बैठक आह्वान भएको पत्र पढेर सुनाइएको थियो । बैठकले संविधानसभा निर्वाचन सफल पार्न सहयोग गर्नेलार्इ धन्यबाद प्रस्ताव पारित गरेको छ ।...

राजीनामा दिन चिकित्सक संघको आह्वान

२०७० माघ ८ गते ९:१९

काठमाण्डु, ८ माघ – डाक्टर गोविन्द केसीका माग पूरा गर्न पहल नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई सामूहिक राजीनामा दिन आह्वान गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत सरकारका मन्त्रीहरुले समस्या समाधानका लागि २४ घण्टे...

एमाले भित्र शक्ति बाँडफाँडमा सहमति भएको ज्ञावालीको खुलासा

२०७० माघ ८ गते ८:५७

काठमाण्डु, ८ माघ – नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले पार्टी नेताहरुबीच शक्ति बाँडफाँड भएको खुलासा गरेका छन् । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै ज्ञाववालीले आन्तरिक सहमतिको लागि संसदीय दलको नेता, आगामी पार्टी अध्यक्ष, राष्ट्रपति र सरकारमा नेतृत्व गरेर जाने नेताको...

संविधानसभा भवन अघि ३३ दलको प्रदर्शन

२०७० माघ ८ गते ८:४२

काठमाण्डु, ८ माघ – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गरेको छ । संविधानसभा निर्वाचन बहिस्कार गरेको माओवादीले संविधानसभाको पहिलो बैठक बस्नु केहीबेर अघि प्रदर्शन गरेको हो । कालो झण्डा र ब्यानरसहित संविधानसभा भवन अगाडि जम्मा भएका ३३ दलका कार्यकर्ताले...

छ लेन सडकमा एक वर्षमा २६ जनाको मृत्यु

२०७० माघ ८ गते ८:२५

भक्तपुर, ८ माघ – अरनिको राजमार्गअन्र्तगत छ लेन सडकखण्ड मनोहरापुलदेखि सूर्यविनायकचोकसम्म गत एक वर्षमा सवारी दुर्घटनाबाट २६ जनाको ज्यान गएको छ । सो सडक खण्डमा गत एक वर्षमा भएको २५२ वटा सवारी दुर्घटनामा २६ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।...

सहिद सप्ताह मनाउन समिति गठन

२०७० माघ ८ गते ८:१६

काठमाण्डु, ८ माघ – काठमाण्डु महानगरपालिकाले यस वर्ष ‘सहिद सप्ताह’ मनाउन महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । सो समितिको सदस्य सचिवमा महानगरपालिका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा सबै राजनीतिक दलबाट महानगरपालिका संयन्त्रमा...

पुल नबन्दा तीन जिल्लाका बासिन्दालाई सास्ती

२०७० माघ ८ गते ७:२८

जाजरकोट, ८ माघ – छिन्चु–जाजरकोट सडकअन्तर्गत राकम सल्लेबजारस्थित भेरी पुल निर्माण गर्न थालेको सात वर्ष बित्दा पनि अधुरै रहेको छ । ठेकेदार कम्पनीले सुर्खेतस्थित डिभिजन सडक कार्यालयसँग दुई वर्ष भित्र काम सक्ने सम्झौता गरी २०६३ असारमा निर्माण कार्य सुरु गरेको थियो । समयमै काम...

उदयपुरमा विमानस्थल निर्माणको पहल सुरु

२०७० माघ ८ गते ७:१०

उदयपुर, ८ माघ । करिब चार दशकपछि उदयपुरवासीको विमानस्थल निर्माण गर्ने सपना पूरा हुने भएको छ । वि.सं. २०३२ देखि पटकपटक अनेकौं प्रयासका बाबजुद केही समय अगाडि नेपाल सरकारले विमानस्थल निर्माणको स्वीकृति दिएपछि उदयपुरवासीको सपना पूरा हुने भएको हो । सरकारले विमानस्थल निर्माणका लागि...

एमाओवादी संसदीय दलको नेता टुंगो लागेन

२०७० माघ ८ गते ६:४४

काठमाण्डु, ८ माघ – संसदीय दलको नेता टुंगो लगाउन बसेको एमाओवादी संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल भएपनि कुनै निर्णय भएन । अघिल्लो संविधानसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको...

अस्पतालमा आज पनि उपचार ठप्प

२०७० माघ ८ गते ६:०३

काठमाण्डु, ८ माघ–चिकित्सकहरुको आन्दोलनका कारण बुधबार पनि देशभरका अस्पतालको सेवा ठप्प भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा गरिएको डिन नियुक्तिको निर्णय फिर्ता तथा अनशनमा बसेका डा. गोबिन्द केसीका माग पूरा गर्न माग गर्दै चिकित्सकहरुले उपचार सेवा प्रभावित पारेका हुन् । अस्पताल...

आगलागी हुँदा २५ लाख क्षति

२०७० माघ ८ गते ५:१८

चितवन, ८ माघ–चितवनको भरतपुर नगरपालिका–१ रामनगरमा रहेको एक कुटानी–पिसानी मिलमा बुधबार विहान आगलागी भएको छ । आगलागीबाट झन्डै २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट कुटानी–पिसानी मिलमा रहेको धान, मकै, गहुँ लगायतका खाद्यान्न जलेर नष्ट भएको छ ।...

विद्युत् चोर्ने दस जना पक्राउ

२०७० माघ ८ गते ५:१६

गौशाला, ८ माघ–नेपाल विद्युत् प्राधिकरण महोत्तरी जिल्ला शाखाले गएराति १० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ । विद्युत् प्राधिकरणले जिल्ला सदरमुकाम जलेश्वरको विभिन्न वडामा विद्युत् चुहावट गरिरहेका स्थानीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विनोद राउत, अजिज कवारी, रामबाबु मण्डल, फिकु कवारी, राकेशकुमार राम,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us