संविधानसभाको दोस्रो बैठक माघ १५ गते

काठमाण्डु टुडे २०७० माघ ८ गते १०:०५ मा प्रकाशित

Baithak 3काठमाण्डु, ८ माघ– संविधानसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँबानेश्वरस्थित संविधानसभा भवनमा केहीबेर बसेर बैठक सकिएको हो ।

सो अवसरमा मन्त्रिपरिषद अध्यक्षबाट बैठक आह्वान भएको पत्र पढेर सुनाइएको थियो ।

बैठकले संविधानसभा निर्वाचन सफल पार्न सहयोग गर्नेलार्इ धन्यबाद प्रस्ताव पारित गरेको छ । यस्तै सविधानसभा नियमावली ०७० जारी नभएसम्म संविधानसभा नियमावली ०६५ बमोजिम बैठक सञ्चालन गर्ने र अध्यक्षको व्यवस्था नहुन्जेल बैठक सञ्चालक समिति गठन गर्ने प्रस्ताब पारित भएको छ ।

बैठक सञ्चालक समितिमा मानवहादुर विक, विद्या भण्डारी, जेवी जुहुरे, आशा चर्तुदेवी, विक्रम पाण्डे र अकवाल अहमद साह लगायत रहेका छन् ।

जेष्ठ सदस्य तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा मन्तब्य दिँदै थापाले जनताको आकांक्षा अनुरुप संविधान बनाउन सफलता मिलोस् भन्ने कामना गरे ।

यसअघि उनैले मंगलबार सबै संविधानसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । संविधानसभाको दोस्रो बैठक यहि माघ १५ गते बस्ने भएको छ ।

संविधानसभाको पहिलो बैठक ‘अवैधानिक’

दोस्रो संविधानसभाको पहिलो बैठक नै विवादमा परेको छ । बुधबार बसेको पहिलो बैठकमा सभासदहरुको पूर्ण संख्या नभएकाले यसलाई अवैधानिक भनिएको हो ।

संविधानसभा सदस्यको पूर्ण संख्या ६०१ हो । तर, मन्त्रिपरिषदबाट २६ सदस्य नियुक्ति नहुदै बैठक बसेको हो । अपुरै संख्यामा संविधानसभाको पहिलो बैठक बसेको भन्दै कानुनका जानकारहरुले आलोचना गरेका छन् ।

संवैधानिक कानुनका जानकार भिमार्जुन आचार्यले अपुरै संख्यामा संविधानसभाको पहिलो बैठक बस्नु विधी र कानुन विपरित हुने टिप्पणी गरे । ‘२६ जना मनोनित नगरी पहिलो बैठक बस्नु सरासर अवैधानिक हुन्छ,’ काठमाण्डु टुडेसँग कुरा गर्दै आचार्यले भने ।

यो पनि हेर्नुहोस्

यस्तो देखियो संविधानसभाको पहिलो बैठक (फोटो फिचर)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us