आगलागी हुँदा २५ लाख क्षति

काठमाण्डु टुडे २०७० माघ ८ गते ५:१८ मा प्रकाशित

चितवन, ८ माघ–चितवनको भरतपुर नगरपालिका–१ रामनगरमा रहेको एक कुटानी–पिसानी मिलमा बुधबार विहान आगलागी भएको छ । आगलागीबाट झन्डै २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट कुटानी–पिसानी मिलमा रहेको धान, मकै, गहुँ लगायतका खाद्यान्न जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

विहान २ बजेबाट सुरु भएको आगलागीलाई नजिकै रहेको इलाका प्रहरी कार्यालय रामनगर, भरतपुर नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us