राजीनामा दिन चिकित्सक संघको आह्वान

काठमाण्डु टुडे २०७० माघ ८ गते ९:१९ मा प्रकाशित

काठमाण्डु, ८ माघ – डाक्टर गोविन्द केसीका माग पूरा गर्न पहल नभएको भन्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई सामूहिक राजीनामा दिन आह्वान गरेको छ ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत सरकारका मन्त्रीहरुले समस्या समाधानका लागि २४ घण्टे लिखित अल्टिमेटम दिएपनि कुनै निचोड नआएको भन्दै चिकित्सकहरुलाई सामूहिक राजीनामा दिन आह्वान गरेको हो ।

संघले सरकारको निर्णयको बेवास्ता गरी चिकित्सा क्षेत्रमा भएको माफियातन्त्रलाई बढावा दिएको र स्वास्थ्य क्षेत्रलाई धराशायी पारेको ठहर गर्दै त्रिवि पदाधिकारीप्रति खेद व्यक्त गरेको छ ।

यस्तै, चिकित्सकहरुको जारी आन्दोलनमा असर पुर्याएको भन्दै संघको धरान शाखाका अध्यक्ष डाक्टर जीपी रौनियारलाई ३ महिनाका लागि आजीवन सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us