संविधानसभा भवन अघि ३३ दलको प्रदर्शन

काठमाण्डु टुडे २०७० माघ ८ गते ८:४२ मा प्रकाशित

cpn-maoistकाठमाण्डु, ८ माघ – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गरेको छ ।

संविधानसभा निर्वाचन बहिस्कार गरेको माओवादीले संविधानसभाको पहिलो बैठक बस्नु केहीबेर अघि प्रदर्शन गरेको हो ।

कालो झण्डा र ब्यानरसहित संविधानसभा भवन अगाडि जम्मा भएका ३३ दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

संविधानसभा विघटन गरी सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत् राजनीतिक निकास निकाल्न आफूले राख्दै आएको माग सम्वोधन नभएकाले विरोध प्रदर्शन गरिएको नेकपा-माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले संविधानसभा भवन वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।

माओवादी नेतृत्वको मोर्चाले संविधानसभा भवन अगाडिको विरोध प्रदर्शनलाई आन्दोलनको शुरुवात भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us