समाचार

गोरखा सङ्ग्रहालय हेर्नेको संख्या बढ्यो

२०७० माघ १० गते २:०८

गोरखा, १० माघ–गणतन्त्र नेपालको पहिलो सरकार बनेपछि २०६५ साल जेठ ४ गतेबाट सर्वसाधारण नागरिकका लागि खुला गरिएको गोरखा सङ्ग्रहालयमा बर्सेनि पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ । स्वदेशी तथा विदेशी पर्यटक गोरखा आउने क्रम बढेसँगै आन्तरिक आयमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।...

दोस्रो दिन पनि नीजि विद्यालय ठप्प

२०७० माघ १० गते १:४५

चितवन, १० माघ–नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु)ले गरेको बन्दका कारण शुक्रबार दोस्रो दिन पनि चितवनका नीजि विद्यालयहरु खुल्न सकेका छैनन् । पूर्वसहमती कार्यान्वयन नगरेको भन्दै ईष्टु चितवनले विहीबारदेखि चितवनका नीजि विद्यालयहरु अनिश्चितकालिन बन्द आह्वान गरेको हो । बार्ताबाट समस्याको निकास खोजी विद्यालयहरु...

कमसल ट्रान्सफर्मरले विद्युत् अनियमित

२०७० माघ १० गते १:४४

मुगु, १० माघ–गमगाढ वितरण केन्द्र मुगुले ठाउँठाउँमा कमसल विद्युतीय ट्रान्सफर्मर राखेपछि सदरमुकाम गमगढीलगायत अन्य गाउँ बस्तीमा वितरण गरिएको विद्युत् अनियमित भएको छ । गमगाढ जलविद्युत् आयोजना निर्माणताका ल्याइएका विद्युतीय उपकरणहरु लामो समयसम्म खुला आकासमुनि रहेकाले ४०० किलोवाट उत्पादन क्षमता रहेको आयोजनामा अहिले ३०० किलोवाट...

राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै दायर निवेदन खारेज

२०७० माघ ९ गते १३:५३

काठमाण्डु, ९ माघ– वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पदमुक्त घोषित गरी नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति नियुक्त गर्न माग गर्दै दायर रिट निवेदन आज सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले संविधानमा उल्लेख भएका र रिट निवेदकले दाबी गरेका राजनीतिक प्रश्नमा व्यवस्थापिका–संसद्...

रेल सेवा पुनः बन्द

२०७० माघ ९ गते १३:०५

जनकपुरधाम, ९ माघ– इन्जिनको गियरबक्स मर्मत गर्ने रकम नभएपछि  तीन दिनदेखि जनकपुर–जयनगर रेल सेवा बन्द भएको छ । भारतको जयनगरबाट जनकपुर आएको रेलको गियरबक्समा खराबी आएपछि यही माघ ७ गतेदेखि रेल सेवा बन्द भएको नेपाल रेल्वे कम्पनी जनकपुरले जनाएको छ । आर्थिक कारोबार गर्ने...

राष्ट्रपतिको चुनाव नभएसम्म सरकार बन्दैन : गौतम

२०७० माघ ९ गते १२:५६

काठमाण्डु, ९ माघ– नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालले गरेको अन्तक्र्रिया कार्यक्रममा गौतमले नयाँ निर्वाचनपछिको संविधानसभाले पुरानो संविधानसभाबाट चयन भएका राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन नहुने अडानमा एमाले कायम...

मुलुक २०४७ सालमा फर्कियो : वैद्य

२०७० माघ ९ गते १२:३३

चितवन, ९ माघ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले देश २०४७ सालमा फर्किएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा वैद्यले माओवादीको १० वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिको अन्त्य भएको भन्दै जनताको संविधान र शान्तिका लागि आन्दोलनको विकल्प नभएको बताए । जनयुद्धमा लागेको...

हत्या आरोपमा दुबईमा नेपाली महिला पक्राउ

२०७० माघ ९ गते १२:२६

युएई, ९ माघ– संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपाली महिला बालक हत्या आरोपमा पक्राउ परेकी छन् । दुबई सहरको अलनादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा यसै साता प्रहरीले पक्रेको हो । दुबईबाट प्रकाशन हुने...

बाबुरामलाई हरिबोलले भने, ‘पार्टी नेतृत्व मागेर पाईंदैन’

२०७० माघ ९ गते १२:२५

काठमाण्डु, ९ माघ – एकीकृत माओवादीका पूर्व पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने बताएका छन् । काठमाण्डुमा जारी एमाओवादीको केन्द्रीय समितिको बैठकमा नेता गजुरेलले विश्व कम्युनिष्ट इतिहासमा कतै पनि नेतृत्व हस्तान्तरण नभएको भन्दै पार्टी भित्र पनि नेतृत्व हस्तान्तरण नहुने बताए ।...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७० माघ ९ गते ९:५५

धादिङ ९ माघ – धादिङवेशी मलेखु सडक खण्डको नलाङ गाविस ७ चनौटे खोला नजिकै भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । धादिङको सल्यानटारबाट धादिङबेशी हुँदै मलेखु जाँदै गरेको बा ५५ प ६८९ नम्बरको मोटरसाईकल...

अनसन तोड्न डा. केसीलाई सरकारको अपिल

२०७० माघ ९ गते ९:०९

काठमाण्डु, ९ माघ – सरकारले विभिन्न माग राखी शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका चिकित्सक प्राडा गोविन्द केसीलाई अनसन तोड्न अपिल गरेको छ । विहीबार बसेको मन्त्रीपरिषद बैठकले अनसन तोड्न आग्रह गरको । डा केसीले उठाएका अधिकांश माग पुरा भइसकेको भन्दै सरकारले तत्काल अनसन तोडी...

‘दशैंको फूलपातीको दिन संविधान’

२०७० माघ ९ गते ८:४८

काठमाण्डु, ९ माघ– नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलल आउँदो दशैंको फूलपातीको दिन नयाँ संविधान जारी हुने बताएका छन् । अहिलेको संविधानसभाले पश्चगामी संविधान बनाउने भन्दै गजुरेलले त्यसका लागि जनताहरु व्यस्त हुने दशैंको बेलामा संविधान जारी हुने दावी गरे । ‘संविधान बन्न एक वर्ष पनि लाग्दैन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us