‘दशैंको फूलपातीको दिन संविधान’

काठमाण्डु टुडे २०७० माघ ९ गते ८:४८ मा प्रकाशित

cp gajurelकाठमाण्डु, ९ माघ– नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलल आउँदो दशैंको फूलपातीको दिन नयाँ संविधान जारी हुने बताएका छन् ।

अहिलेको संविधानसभाले पश्चगामी संविधान बनाउने भन्दै गजुरेलले त्यसका लागि जनताहरु व्यस्त हुने दशैंको बेलामा संविधान जारी हुने दावी गरे ।

‘संविधान बन्न एक वर्ष पनि लाग्दैन, पहिला नै जारी गर्छन्,’ गजुरेलले भने, ‘नेपाली जनता ब्यस्त रहेको बेला दशैका फूलपातीको बेला जारी गर्ने तयारी भइरहेको मैले जानकारी पाएको छु ।’

उनले अहिलेको संविधानसभामा एमाओवादी, कांग्रेस, एमाले, राप्रपा जस्ता पश्चगामी शक्तिको दुई तिहाई बहुमत रहेको भन्दै त्यसले जनाताको पक्षमा संविधान नबनाउने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us