मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ९ गते ९:५५ मा प्रकाशित

धादिङ ९ माघ – धादिङवेशी मलेखु सडक खण्डको नलाङ गाविस ७ चनौटे खोला नजिकै भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धादिङको सल्यानटारबाट धादिङबेशी हुँदै मलेखु जाँदै गरेको बा ५५ प ६८९ नम्बरको मोटरसाईकल विहीबार विहान अनियन्त्रित भई सडकमै पल्टिँदा सल्यानटार ८ का मोटरसाईकल चालक २७ वर्षीय अयन घलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सल्यानटार ८ का २२ वर्षीय सुजित मानन्धरको धादिङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us