वीरगन्ज, १० माघ– शंकास्पद प्रमाणपत्र पेश गर्ने ५४ शिक्षक कारबाहीमा परेका छन् । शैक्षिक योग्यताको प्रमाणपत्र तथा शिक्षक अध्यापन अनुमतिपत्र शंकास्पद देखिएपछि जिल्ला शिक्षा कार्यालय पर्साले ती शिक्षकलाई कारबाही गरेको हो । शिक्षक नियुक्तिका बेला पेस गरेको प्रमाणपत्र नक्कली भएको शंका लागेपछि कार्यालयले त्यस्ता...
काठमाण्डु, १० माघ – नेपाल सरकारले विभिन्न कारणवश हराएका बालबालिकाको खोजी र पुनःस्थापनाका लागि सात वर्षअघि स्थापना गरेको बालबालिका खोजतलास समन्वय केन्द्र स्रोत र साधनको अभावमा संकटपूर्ण अवस्थामा छ । विभिन्न किसिमबाट हराउन पुगेका बालबालिकाको खोजी गरी त्यस्ता घटनालाई निरुत्साहित गर्ने उद्देश्य बोकेको केन्द्रीय...
काठमाण्डु, १० माघ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका हाडजार्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले अस्पताललाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा सहयोग गर्न सर्वाेच्च अदालतलाई आग्रह गरेका छन् । अथक प्रयासपछि ठूलो उपलब्धि प्राप्त हुन लागेको भन्दै उनले यसलाई...
पर्वत, १० माघ – सामाजिक सुरक्षाबापतको रकम कसले लिन्छ ? यो प्रश्नको सहज जवाफ आउँछ वृद्धवृद्धा, दलित, महिला, अपाङ्ग । तर यो प्रश्नको जवाफ पर्वतमा भने फेरिएको छ । अब पर्वतमा गएर यो प्रश्न गर्ने हो भने यसको सहज जवाफ आउँछ गाविस सचिवदेखि एलडिओसम्म...
वीरगन्ज, १० माघ – प्रतिबन्धित लागुऔषधसहित प्रहरीले शुक्रबार बिहान विरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका–४ भैँसेपाटी बस्ने डेनबहादुर श्रेष्ठका छोरा २५ वर्षीय कृष्ण श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा...
विराटनगर, १० माघ – मोरङको सुन्दरपुर–६ स्थित बुढीखोला किनारमा प्रहरीले शुक्रबार ठूलो परिमाणमा बेवारिसे सालको काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी निरीक्षक नवराज कार्कीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सुन्दरपुर–६ स्थित बुढीखोला किनारमा अवैधरुपमा लुकाइ राखिएको तीन लाख २७ हजार...
रसुवा, १० माघ – चिलिमे गाविसमा बिहीबार सुक्खा पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा रामेछाप घर भई काठमाण्डु कपन बस्दै आएका ३७ वर्षीय विमल पौडेल रहेका छन् । उनी ठेकेदार कम्पनी...
काठमाण्डु, १० माघ–चिकित्साशास्त्र अध्ययन संस्थान सुधारका बिभिन्न माग राखेर आमरण अनसन बसेका डा. गोविन्द केसीले झण्डै दुई सातापछि अनशन तोडेका छन् । सरकार र चिकित्सकका प्रतिनिधिहरुबीच शुक्रबार विहान स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा ८ बुँदे सहमति भएपछि केसीले तोडेका हुन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत...
काठमाण्डु, १० माघ– शुक्रबार बस्ने तय भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । संसदीय दलको नेतामा शीर्ष नेताहरुबीच सहमति नजुटेपछि अध्यक्ष झलनाथ खनालले बैठक स्थगित गरेका हुन् । केन्द्रीय कार्यालयका सचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष खनालको निर्देशनमा बैठक स्थगित गरिएको जानकारी...
काठमाण्डु, १० माघ– ज्ञात अज्ञात सहिदहरुको सम्झनामा शुक्रबारदेखि सहिद सप्ताह शुरु भएको छ । देशमा बिभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा ज्यान बलिदान दिनेहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० देखि १६ गतेसम्म बिभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरिन्छ । काठमाण्डु महानगरपालिकाले सहिदहरुको सम्झनामा साताव्यापी...
जनकपुरधाम, १० माघ–धनुषाको जनकपुरस्थित रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवको नागरिकता नक्कली रहेको सार्वजनिक भएको छ । भारत मुजफ्फरपुर जिल्लाअन्तर्गत ग्राम मधेपुरा, पोस्ट अम्मा थाना हबौडा बस्ने राम श्रेष्ठ तिवारीका तीन छोरामध्ये वैकुण्ठदास एक हुन् । निज दासले धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०५० साल कात्तिक...
काठमाण्डु, १० माघ–तामाङ समुदायले मनाउने सोनाम ल्होछारका कार्यक्रम शुक्रबारबाट शुरु भएका छन् । ल्होछार अन्तरगत शुक्रबारदेखि २८५० औं ता ल्होछारका कार्यक्रमहरु शुरु भएका हुन् । ता ल्हेछार मुल समारोह समिति अन्तरगत गठिन विभिन्न उपसमितिहरुले कार्यक्रम आयोजना गरेका छन् । शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानमा तामाङ भाषामा...