लागुऔषधसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७० माघ १० गते ७:३२ मा प्रकाशित

arrest1वीरगन्ज, १० माघ – प्रतिबन्धित लागुऔषधसहित प्रहरीले शुक्रबार बिहान विरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका–४ भैँसेपाटी बस्ने डेनबहादुर श्रेष्ठका छोरा २५ वर्षीय कृष्ण श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याबलेट १९५ थान तथा नर्फिन, डाइजोपाम र फेनारगन गरी २१ थान इन्जेक्सनसहित उनलाई वीरगन्जस्थित बसपार्कबाट पक्राउ गरिएको हो ।

सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लागुऔषधसहित श्रेष्ठलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us