एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाण्डु टुडे २०७० माघ १० गते ५:१६ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १० माघ– शुक्रबार बस्ने तय भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । संसदीय दलको नेतामा शीर्ष नेताहरुबीच सहमति नजुटेपछि अध्यक्ष झलनाथ खनालले बैठक स्थगित गरेका हुन् ।

केन्द्रीय कार्यालयका सचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष खनालको निर्देशनमा बैठक स्थगित गरिएको जानकारी दिए । अर्को बैठकको मिति पनि निश्चित नभएको उनले बताए । ‘अध्यक्षले तयारी नपुगेको भनेर बैठक स्थगित गरियो,’ गुरुङले भने ।

संसदीय दलको नेता चयन, आगामी नवौं महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक बस्ने तय भएको थियो ।

संसदीय दलमा अध्यक्ष खनाल सहित, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेताहरु माधव नेपाल र केपी ओलीले दावी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us