मुसलधारे वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १०:२१ मा प्रकाशित

एजेन्सी– हिजो (मंगलबार) संयुक्त अरब इमिरेट्स (यूएई) र यसका आसपासका देशमा   मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान डुबानमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ । बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन ।

यस्तै बर्षाको कारण कयौँ उडान रद्द भएका पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन । यस अघि सोमबार नै दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो ।

युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो । आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

देशको विविध हिस्सामा भारी वर्षा जारी छ । मौसम बुधबारसम्म खराब रहने बताइएको छ । गएको वर्ष पनि नोभेम्बरमा दुबईमा मुसलधारे वर्षाका कारण सहर बाढीमा डुबेको थियो । स्थिति बिग्रदै गएपछि अधिकारीहरूले सर्वसाधारणलाई समुद्रको किनारमा जानै रोक लगाउनु परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us