अन्ततः काँग्रेस नेता आलमलाई जन्दमकैद

काठमाण्डु टुडे २०८१ वैशाख १३ गते १९:४० मा प्रकाशित

रौतहट, १३ वैशाख– इटाभट्टामा जिउँदै मानिस मलाएर मारेको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफतावमाथि जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत रौतहटले आलमसहित चारजनालाई जिल्ला जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित उननका भार्इ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला हुने ठहर गरेको हो ।

घटनामा अभियुक्त बनाइएका मुक्ति साहले भने सफाई पाएका छन् । २०६४ चैत २७ गते राति हालको राजपुर नगरपालिकास्थित फरदवा गाउँमा आलमले बम बनाउन लगाएका थिए । पहिलो संविधानसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न विपक्षीलाई लक्षित गरी बम बनाउँदै गरेका आलमकै कार्यकर्ता घाइते भए ।

उक्त घटनाको प्रमाण नष्ट गर्न आलमले २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा ०७६ साल कात्तिक १८ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आलमलाई प्रहरीले ०७६ असोज २६ मा पक्राउ परेका थिए । थुनछेक बहसपछि ०७६ कात्तिक २९ गते जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आलम हाल पुर्पक्षका लागि नख्खु कारागारमा पुर्पक्ष छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us