वीरेन्द्रनगर मालपोत कार्यालयमा आगलागी

काठमाण्डु टुडे २०८१ वैशाख २२ गते १८:५४ मा प्रकाशित

सुर्खेत, २२ वैशाख– सुर्खेतको वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा आगलागी भएको छ ।

कार्यालयको भण्डार शाखामा शनिबार आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जिल्ला प्रशासन कार्यालयको आडमा रहेको मालपोतको स्टोरमा बेलुका सवा ५ बजे आगलागी भएको बताए ।

आगलागीको केही समयमै दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट स्टोरमा रहेका दराज, एउटा मोटरसाइकल, दुई वटा जेनरेटर, कुर्ची, टेबुल, पुराना कम्प्यूटर लगायतका पुराना सामग्री जलेको उनले जानकारी दिए । आगलागीको खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us