रवि लामिछानेबारे छानबिन गर्न समिति नबनाएसम्म संसद चल्न दिँदैनौंः शेखर

काठमाण्डु टुडे २०८१ वैशाख २२ गते १९:०७ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– कांग्रेस नेता शेखर कोइरालाले काँग्रेस–एमाले मिल्नुको विकल्प नरहेको बताएका छन् ।

कोहलपुरमा शनिबार आयोजित कांग्रेस बाँके–१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले विगतमा पनि मुलुकमा संकट आएका बेला काँग्रेस–एमाले मिल्ने गरेको उनले बताए ।

मुलुक नरहे दलको अस्तित्व नरहने भएकाले देशभन्दा दल माथि नहरेको उनको भनाइ थियो । मुलुक चौतर्फी चौतर्फी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने कोइरालाले बताए ।

मुलुकको समस्याको जड निर्वाचन प्रणाली भएको जिकिर गर्दै कोइरालाले दुई दल मिले निर्वाचन प्रणाली फेनुपर्ने उल्लेख गरे ।

फरक प्रसंगमा उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेबारे अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

‘संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ’, कोइरालाले भने, ‘समिति बनाउन सरकार किन डराएको छ हामीले बुझेका छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us