बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा

काठमाण्डु टुडे २०८१ जेठ ४ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– बागमती प्रदेशको संसदीय समितिमा राजनीतिक भागबण्डा भएको छ । जस अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ भने अन्य चार दलले एक–एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको स्रोतले जानकारी दिएको छ ।

आज (शुक्रबार) बागमती प्रदेश संसद सचिवालयमा बसेको प्रमुख पाँच दलको बैठकमा कांग्रेसलाई दुई र नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक– वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिएका छन ।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को परिच्छेद २० को नियम १६७ बमोजिम प्रदेश विशेषाधिकार समिति गठन गर्ने गरी दलहरुबीच सहमति जुटको उनको भनाइ छ ।

जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ ।यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।

यसअघि पाँच वटा समिति बनाउने भनिएपनि दलहरुबीच भागबण्डा हुँदा ६ वटा समिति बनाउने सहमति बनेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us