तामाङहरुको ल्होछारका कार्यक्रम शुरु

काठमाण्डु टुडे २०७० माघ १० गते २:४४ मा प्रकाशित

Tamang-ladyकाठमाण्डु, १० माघ–तामाङ समुदायले मनाउने सोनाम ल्होछारका कार्यक्रम शुक्रबारबाट शुरु भएका छन् । ल्होछार अन्तरगत शुक्रबारदेखि २८५० औं ता ल्होछारका कार्यक्रमहरु शुरु भएका हुन् ।

ता ल्हेछार मुल समारोह समिति अन्तरगत गठिन विभिन्न उपसमितिहरुले कार्यक्रम आयोजना गरेका छन् । शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानमा तामाङ भाषामा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक जगत दोङले जानकारी दिए ।

यसैगरी माघ १४ गते हाजिरीजवाफ प्रतियोगिता हुने छ भने १५ र १६ गते ल्होछार कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ । सोनाम ल्होछारको मुख्य दिन माघ १७ र १८ गते खुल्लामन्च विषेश कार्यक्रम आयोजना गरिने मुल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका कार्यबाहक अध्यक्ष कुम बहादुर तामाङले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us