सहिद सप्ताह शुरु

काठमाण्डु टुडे २०७० माघ १० गते ५:१५ मा प्रकाशित

Sahidकाठमाण्डु, १० माघ– ज्ञात अज्ञात सहिदहरुको सम्झनामा शुक्रबारदेखि सहिद सप्ताह शुरु भएको छ । देशमा बिभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा ज्यान बलिदान दिनेहरुको सम्झनामा प्रत्येक बर्ष माघ १० देखि १६ गतेसम्म बिभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरिन्छ ।

काठमाण्डु महानगरपालिकाले सहिदहरुको सम्झनामा साताव्यापी कार्यक्रम तय गरेको छ । महानगरपालिकाको समन्वयमा सहिद परिवार, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतामा बिभिन्न कार्यक्रम गरी सहिदहरुको सम्झना र उनीहरुको योगदानको चर्चा गरिने छ ।

तत्कालीन राणा शासकले विक्रम संवत् १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । त्यसैले शुक्रबार शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ ।

टेकु पचलीमा आयोजना गरिएको कार्यक्रममा सहिद शास्त्रीले अमरत्व प्राप्त गरेको स्मरणमा सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरिएको छ । तत्कालीन जहानियाँ राणा शासकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १० गते शास्त्रीलाई सोही स्थानमा मृत्युदण्ड दिएका थिए ।

यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा, तथा १५ गते दशरथ चन्द र गंगाला श्रेष्ठलाई शोभा भगवतिमा गोली हानी हत्या गरिएको थियो ।

माघ १६ गते लैनचौरस्थित शहिद स्मारकमा श्रद्धान्जली कार्यक्रम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us