समाचार

बालबालिकालाई पोलियो थोपा खुवाईंदै

२०७० माघ ११ गते ३:१६

काठमाण्डु, ११ माघ – देशभर पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाईंदैछ । १५ औं राष्ट्रिय अभियानको दोस्रो चरणअन्तर्गत शनिबार र आइतबार ६८ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो । सात हिमाली जिल्लामा भने आगामी चैत ८ र वैशाख १३ गते पोलियो थोपा...

आरक्ष विस्थापित परिवार आन्दोलनमा

२०७० माघ ११ गते ३:०९

कञ्चनपुर, ११ माघ – कञ्चनपुरका आरक्ष विस्थापित परिवारहरुले ‘गर या मर’ आन्दोलन गर्ने घोषणा गरेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विस्थापनमा परेको १२ वर्षसम्म पुनःस्थापनका लागि कुनै कार्यक्रम नल्याइएको भन्दै आरक्ष विस्थापित परिवारहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा सडक सङघर्ष, धर्ना,...

छोरो बेपत्ता हुँदा परिवारमा रुवाबासी

२०७० माघ ११ गते ३:०४

महोत्तरी, ११ माघ – विगत छ दिनदेखि छोरो बेपत्ता हुँदा महोत्तरी जिल्लाको माइस्थान गाविस–४ चेरु बस्ने पुरुषोत्तम भण्डारीको घरमा रुवाबासी चलेको छ । गत सोमबारदेखि बेपत्ता भएका भण्डारीका १६ वर्षीय छोरा केशवबहादुर भण्डारीको हालसम्म कुनै पत्तो नलाग्दा उनको घरमा रुवाबासी चलेको हो । घरबाट...

एमाले स्थायी समिति बैठक स्थगित

२०७० माघ ११ गते २:४६

काठमाण्डु, ११ माघ – संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार पनि बस्न सकेन । बैठकमा पार्टीको नवौं महाधिवेशनका विषयमा छलफल हुने भनिएपनि बैठक बसेन । एमाले नेताहरुले यस अघिनै पार्टिभित्रको शक्ति बाँडफाटमा सहमति भइसकेको भन्दै...

यस्ता छन् संसदको पहिलो बैठकका एजेण्डा

२०७० माघ ११ गते २:२३

काठमाण्डु, ११ माघ – प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन र चुनावसम्बन्धी बाधा अड्काउ फुकाउ अध्यादेशलाई अनुमोदनका लागि व्यवस्थापिका–संसद्को पहिलो बैठकमै प्रस्तुत गरिने भएको छ। निर्वाचनका लागि अध्यादेशमार्फत संविधान संशोधन गरिएकाले बाधा अडकाउ आध्यादेश अनुमोदनलाई संसद्को पहिलो बैठकको एजेन्डा बनाइएको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने ३०...

बाबुरामले भने, ‘प्रचण्डको नेतृत्व मान्दिन भनेको छैन’

२०७० माघ ११ गते २:०२

काठमाण्डु, ११ माघ – एमाओवादीका नेता डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व मान्दिन भनेर आफूले नभनेको बताएका छन् । शुक्रवार आफ्नै निवास सानेपामा प्रचण्डसँगको लन्च बैठकमा उनले नेतृत्व मान्दिन नभनेको तर, अन्य सांगठनिक क्षेत्रमा शक्ति बाँडफाँड गर्नु पर्ने वताएका हुन् । पार्टी...

पाल्पाको चापपानी पूर्ण साक्षर गाविस

२०७० माघ ११ गते १:५४

तानसेन, ११ माघ – उत्तरी पाल्पाको चापपानी गाउँ विकास समितिलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । योसँगै उक्त गाविस पूर्ण खोपयुक्त, खुल्ला दिसामुक्त र पूर्ण साक्षर गाविस भएको छ । यसरी तीनवटै मापदण्ड पूरा गर्नेमा चापपानी गाविस जिल्लामै पहिलो बनेको छ । पूर्ण...

एसएलसीको प्रश्नपत्र छाप्न सुरु

२०७० माघ १० गते १३:५७

भक्तपुर, १० माघ– जनक शिक्षा सामग्री केन्द्रले शुक्रबारदेखि एसएलसीको प्रश्नपत्र छाप्न सुरु गरेको छ । आगामी चैत ६ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र छाप्न थालिएको कार्यालयले जानकारी दिएको छ । करिब ५ लाख परीक्षार्थीका लागि आवश्यक पर्ने आठ विषयको प्रश्नपत्र जनक...

टेलिभिजनहरुले दिएनन् न्यूनतम पारिश्रमिक

२०७० माघ १० गते १३:४१

काठमाण्डु, १० माघ – कतिपय टेलिभिजनहरूले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकसमेत नदिएको पाइएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको टेलिभिजनहरूको अनुगमनले ती टेलिभिजनहरूले पारिश्रमिकको अलावा नियुक्तपत्र पनि नदिइकन काम लगाइरहेको निष्कर्ष निकालेको हो । समितिले नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिमल्सिना संयोजक रहेको छ...

भोलेनाथ प्रवृत्ति त्याग्न प्रचण्डलाई सुझाव

२०७० माघ १० गते १३:१०

काठमाण्डु, १० माघ– गएको संविधानसभा बैठकमा अनपेक्षित पराजय भोगेपछि पहिलो पटक काठमाण्डुमा बसिरहेको एमाओवादी केन्द्रीय समिति बैठकमा हरेक दिन कुनै न कुनै नेताले नयाँ नयाँ विषय उठाएर माहौल तताउने गरेका छन् । बैठकको आठौं दिन शुक्रबार केन्द्रीय सदस्य रेणु चन्द बैठकमा सहभागीको ध्यान आफूतर्फ...

प्रहरी नै वन फँडानीमा सक्रिय

२०७० माघ १० गते १२:११

भक्तपुर, १० माघ – सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र कानुनको पालना गर्ने गराउने शपथ खाएर जिम्मेवारी बहन गर्न खटिएका व्यक्तिले नै कानुनको धज्जी उडाउँदै सार्वजनिक सम्पत्ति नै कब्जा गर्न खोज्छन् भने त्यसलाई विडम्बना नै भन्नुपर्छ । यस्तै भएको छ, अहिले भक्तपुरका चित्तपोल, भङ्गाल र...

घुस्याहा कर्मचारी रंगेहात पक्राउ

२०७० माघ १० गते १०:३४

काठमाडौं, १० माघ – चितवनमा मालपोत कार्यालयका एक कर्मचारी घुस लिँदा लिँदै पक्राउ परेका छन् । मालपोत कार्यालय चितवनका मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद न्यौपानेलाई घुस लिँदा लिँदै अख्तियारले पक्रेको हो । भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us