समाचार

काँग्रेस संसदीय दलमा कोइराला

२०७० माघ १२ गते २:३५

काठमाण्डु, १२ माघ– नेपाली काँग्रेस संसदीय दलको नेता चयनमा विवाद भएपछि केहीबेर स्थगित भएको मतदान प्रक्रिया फेरि शुरु भएको छ । एक सभासदले विद्युतीय मेसिनबाट मतदान गर्न नजानेपछि मतदान कार्य रोकिएको थियो । ...

गाडि दुर्घटनामा ३ जनाको मृत्यु

२०७० माघ १२ गते २:३०

काठमाण्डु, १२ माघ–धनुषा, कपिलबस्तु र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा बा ५ च ६२ २२ नम्बरको टाटा सुमो अनियन्त्रित भई गएराति पानीको नहरमा खस्दा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।...

चितवनका नीजि विद्यालय खुले

२०७० माघ १२ गते २:१८

चितवन, १२ माघ–शिक्षक आन्दोलनका कारण बन्द रहेका चितवनका नीजि विद्यलायहरु आइतबारबाट खुलेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनमा शनिबार साँझ अवेरसम्म भएको छलफलमा आन्दोलनरत शिक्षकहरुका माग १५ दिनभित्र पुरा गराउने सहमति भएपछि विद्यालयहरुमा पढाइ शुरु भएको हो । विगतमा भएका सहमति कार्यान्वयन गर्न माग...

विश्व कुष्ठरोग दिवस मनाइदै

२०७० माघ १२ गते २:१७

काठमाण्डु, १२ माघ– ‘भेदभावको अन्त्य र प्रभावितको पुनःस्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ आइतबार ६१ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । नेपालले कुष्ठरोगलाई...

व्यवस्थापिका संसदको पहिलो बैठक आज

२०७० माघ १२ गते २:०३

काठमाण्डु, १२ माघ– अघिल्लो संविधानसभाको अवसानसँगै विघटन भएको व्यवस्थापिका संसदको पहिलो बैठक आइतबार २० महिनापछि शुरु हुदै छ । गत मंसिर चार गते दोस्रो संविधानसभा चुनाव भएको ६८ दिनपछि व्यवस्थापिका संसदको पहिलो बैठक बस्न लागेको हो । संविधानसभा भवन नयाँबानेश्वरमा अपरान्ह ३ बजे बैठक...

प्रचण्ड पुत्र प्रकाशले हेडक्वाटर छाड्ने

२०७० माघ ११ गते १४:४८

काठमाण्डु, ११ माघ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशले आफूले पार्टी हेडक्वाटरसँगै बसेर कुनै सुख सुविधा नभोगेको भन्दै अब हेडक्वाटरसँग नबस्ने घोषणा गरेका छन् । एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा प्रचण्ड पुत्र प्रकाशको विषयमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि उनले यस्तो घोषणा...

सभासद भएपनि राणाले एनप्याब्सन नछाड्ने

२०७० माघ ११ गते १४:०३

काठमाण्डु, ११ माघ– संविधानसभाको सदस्य भए तापनि निजी विद्यालय सञ्चालकका दुई छाता संस्थाका अध्यक्ष डा बाबुराम पोखरेल र गीता राणाले ती संस्थाको नेतृत्व नछाड्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन)का अध्यक्ष पोखरेल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)की...

एमाओवादी पूर्वपोलिटब्युरो निष्कर्षविहीन

२०७० माघ ११ गते १३:४३

काठमाण्डु, ११ माघ – एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठक विना निष्कर्ष सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा शनिबार बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकमा संसदीय दलका नेता कसलाई बनाउने भन्ने विषयमा छलफल भएपनि टुंगो भने नलागेको पूर्वपोलिटब्युरो सदस्य लोकेन्द्य्र विष्टमगरले...

संविधान लेख्न डायरी उपहार

२०७० माघ ११ गते ११:५०

काठमाण्डु ११ माघ – सिन्धुपाल्चोक जन्मघर र काठमाण्डुलाई कर्मथलो बनाएका सिन्धुपाल्चोकबासीको संगठन सिन्धुमिलन केन्द्रले एक वर्ष भित्र जनतालाई संविधान लेखेर दिन डायरी उपहार दिएका छन् । सिन्धुपाल्चोकका सभासदलाई एक वर्ष भित्र संविधान लेखेर समग्र बिकासमा केन्द्रित हुन सुझाव दिदै शनिवार काठमाण्डुको गोकर्णमा आयोजित बनभोज...

युनुस अन्सारी पुन: प्रहरीको फन्दामा

२०७० माघ ११ गते ११:२२

काठमाण्डु, ११ माघ – केही महिना अघिमात्रै जेलमुक्त भएका युनुस अन्सारी पुनः ठूलो परिमाणमा जाली नोटसहित पक्राउ परेका छन् । ललितपुरको नखिपोटबाट ३५ लाख रुपैयाँ भारतीय नक्कली नाेटसिहत प्रहरीको विशेष ब्यूराेले उनलाई पक्राउ गरेको हो । अन्सारीसँगै अन्य दुईजना पनि पक्राउ परेकाे प्रहरीले जनाएको...

प्रजिअ बाढीपीडित क्षेत्रको अनुगमनमा

२०७० माघ ११ गते ६:०७

दार्चुला, ११ माघ – दार्चुलामा साउन अन्तिम साता नौगाँड खोलामा आएकोे बाढीले पुर्याएको क्षतिको अनुगमन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल त्यसतर्फ प्रस्थान गरेका छन् । त्यस क्षेत्रका बाढीपीडितले स्थलगत अनुगमन गरिदिन माग गरेपछि त्यसतर्फ प्रजिअ त्यसतर्फ...

पाउरोटी कारखानाबाट नौ बालबालिका उद्धार

२०७० माघ ११ गते ३:५६

चितवन, ११ माघ  – चितवन प्रहरीले शनिबार बिहान यहाँ सञ्चालित विभिन्न पाउरोटी कारखानामा छापा मारेको छ । पाउरोटी कारखानामा बालबालिकाको प्रयोग भएको सूचनाको आधारमा छापा मारिएको चितवनका प्रहरी प्रवक्ता सञ्जय राउतले जानकारी दिए । उद्धार गरिएका बालबालिकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us