अनसन तोड्न डा. केसीलाई सरकारको अपिल

काठमाण्डु टुडे २०७० माघ ९ गते ९:०९ मा प्रकाशित

Dr.Gobinda-KCकाठमाण्डु, ९ माघ – सरकारले विभिन्न माग राखी शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका चिकित्सक प्राडा गोविन्द केसीलाई अनसन तोड्न अपिल गरेको छ ।

विहीबार बसेको मन्त्रीपरिषद बैठकले अनसन तोड्न आग्रह गरको । डा केसीले उठाएका अधिकांश माग पुरा भइसकेको भन्दै सरकारले तत्काल अनसन तोडी वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता माधव पौडेलले केसीले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको भन्दै उनले उठाएका मागका सम्बन्धमा अध्ययन गर्न समिति बनाइएको जानकारी दिए ।

सरकारले केसीको मागका सम्बन्धमा अध्ययन गर्न मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँसकोटाको संयोजकत्वमा शिक्षा, स्वास्थ्य र गृह मन्त्रालयका प्रतिनिधि रहने गरी समिति समेत बनाएको छ । यस्तै बैठकले अत्वाश्यक सेवाका क्षेत्रमा बन्द हड्ताल जस्ता कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गरेको छ ।

यसैबीच छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै लामोसमयदेखि अनसन बसिरहेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीलाई तत्काल अनसन तोड्न पनि सरकारले आग्रह गरेको छ ।

यस्तै बैठकले चीन सरकारले नेपाल सरकालाई दिन लागेको १ अर्ब ९२ करोड अनुदान प्राप्त गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

बैठकले माल्दिभ्स र श्रीलंकाका प्रधानसेनापतिको निमन्त्रणामा यही माघ १५ देखि २३ गतेसम्म त्यस क्षेत्रको भ्रमणमा जान लागेका प्रधानसेनापति गौरव शमशेर राणाको भ्रमणलाई पनि स्वीकृति दिएको पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापालाई इन्डिया १४ कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ ।

यसैगरी राससको अध्यक्षको जिम्मेवारी सञ्चार मन्त्रालयका सह सचिवलाई उमाकान्त पराजुलीलाई दिने निर्णय भएको पनि सरकारका प्रवक्ता पौडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us