गोरखा सङ्ग्रहालय हेर्नेको संख्या बढ्यो

काठमाण्डु टुडे २०७० माघ १० गते २:०८ मा प्रकाशित

gorkha-durbarगोरखा, १० माघ–गणतन्त्र नेपालको पहिलो सरकार बनेपछि २०६५ साल जेठ ४ गतेबाट सर्वसाधारण नागरिकका लागि खुला गरिएको गोरखा सङ्ग्रहालयमा बर्सेनि पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

स्वदेशी तथा विदेशी पर्यटक गोरखा आउने क्रम बढेसँगै आन्तरिक आयमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ । सङ्ग्रहालय खुला भएदेखि औसतमा वार्षिक चार लाख राजस्व सङ्कलन हुन थालेको छ ।

बर्सेनि ५० हजारको सङ्ख्यामा गोरखा सङ्ग्रहालय अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् । धेरै मात्रामा विद्यार्थीको सङ्ख्या रहने गरेको सङ्ग्रहालयका गणेशप्रसाद भट्टराईले बताए । सङ्ग्रहालय खुलेको पहिलो वर्षमा पर्यटकहरु ३० हजारको सङ्ख्यामा आएको उनको भनाइ छ ।

गोरखा सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई पाँच, नेपालीलाई १०, सार्क मुलुकका नागरिकलाई २० र विदेशीलाई ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

यसैबीच यस आर्थिक वर्षको पुसमा मात्रै १८ हजार पर्यटकले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us