सत्ता गठबन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते १५:४० मा प्रकाशित

काठमाडु, १४ वैशाख– नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दम्भ नदेखाउन भने । नेपालको राजनीति र मौसम उस्तै रहेको टिप्पणी गरे । मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

मुलुकका लागि राजनीतिक स्थायित्व चाहिएको भए पनि आफ्नो दललाई अपमानित गर्ने प्रवृत्ति जारी रहे सरकारमा रहन नसक्ने उनको भनाइ थियो । यद्यपि देश परिवर्तन र विकासका लागि राजनीतिक स्थायित्व जरुरुरु रहेको बताए । देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने नेपालले उल्लेख गरे ।

‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ’, उनले भने, ‘तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् ।’

देशको अर्थतन्त्रसहित सबै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिन काम गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us