हतियारधारीद्वारा ८० लाख लुटपाट

काठमाण्डु टुडे २०८१ वैशाख २४ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– धनुषामा हतियार देखाएर एक समूहले ८० लाख रुपैयाँ लुटपाट गरेको छ ।

श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेको हो ।

जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै गर्दा धनुषा सबैला नागरपालिका–१२ रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाको समूहमा आएको अज्ञात समूहले रकम लुटपाट गरेको थियो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us