सिधाकुरालाई अडियो दिएका भनिएका तिमल्सिनालाई थुनामा राख्न अदालतको आदेश

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १९:३५ मा प्रकाशित

काठमाडु, २३ वैशाख– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनुलाई अडियो उपलब्ध गराएको भनिएका राजकुमार तिमल्सिनालाई उपस्थित गराउन आ
देश दिएको छ ।

आइतबार बयान नसकिएकाले तिमल्सिनालाई राति प्रहरी हिरासतमा राखेर सोमबार बिहान १० बजे कार्यालय समयमा पुनः उपस्थित गराउन अदालतले आदेश दिएको हो ।

‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ (सोमबार) १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाले बयानका क्रममा तिमल्सिनाले अडियो उपलब्ध गराएको बयान दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us