रिहा भएलगत्तै फेरि किन पक्राउ परे दिपेश पुन ?

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– सहकारी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।

बुधबार रुपन्देही कारागारबाट तारेखमा रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पुनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नयन्त्रणमा लिएर दिपेशलाई सिआईबीको जिम्मा लगाएको प्रहरी उच्च श्रोतले जनाएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीमा बचतकर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका दिपेशलाई गत ७ वैशाखमा रुपन्देही जिल्ला अदालतले चार लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी बुझाउने रकम नभएको भन्दै पिदेश कारागार गएका थिए ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले अदालतले तोकेको धरौटी बुझाएपछि उनलाई तारेखमा छाडिएको पुष्टि गरे । फेरि पक्राउ गर्नुको कारणबारे प्रहरीको केही बताएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us