यी दुई आयोजनामा लगानी गर्ने चीनको चाहना

काठमाण्डु टुडे २०८१ वैशाख १४ गते १५:५४ मा प्रकाशित

काठमाडु, १४ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउ हुई नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।

१६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि चीनबाट हुई नेतृत्वमा प्रतिनिधिमण्डल आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, नेपालको आर्थिक विकास तथा यसअघि भएका पारस्परिक सहयोगसम्बन्धी सहमति र सम्झौताको कार्यान्वयन लगायत विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्धले उचाई लिँदै गएको बताए ।

यस्तै विगतमा भएका द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको उल्लेख गरे । लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको उत्साहजनक सहभागिता रहने जानकारी दिए । उनले चिनियाँ लगानीकर्ताले विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चासो राखेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us