रेल सेवा पुनः बन्द

काठमाण्डु टुडे २०७० माघ ९ गते १३:०५ मा प्रकाशित

जनकपुरधाम, ९ माघ– इन्जिनको गियरबक्स मर्मत गर्ने रकम नभएपछि  तीन दिनदेखि जनकपुर–जयनगर रेल सेवा बन्द भएको छ ।

भारतको जयनगरबाट जनकपुर आएको रेलको गियरबक्समा खराबी आएपछि यही माघ ७ गतेदेखि रेल सेवा बन्द भएको नेपाल रेल्वे कम्पनी जनकपुरले जनाएको छ ।

आर्थिक कारोबार गर्ने अधिकार आफूलाई प्राप्त नभएकाले बिग्रेको सो गियरबक्स मर्मत गर्न नसकिपछि रेल सेवा बन्द भएको निमित्त महाप्रबन्धक रामचन्द्र साहले बताउए ।

महाप्रबन्धक रोश्वर यादव र निमित्त प्रशासनिक अधिकृत तुलाबहादुर डाँगी लामो समयदेखि काठमाडौँ बस्नुभएकाले रेलमा सामान्य खराबी आउँदा पनि रकमको अभावमा बन्द गर्नुपर्ने बाध्यता रहेको कर्मचारीले बताए ।

रेल सेवा बन्द हुँदा दैनिक दुई हजार यात्रु प्रभावित भएका छन् भने अर्कोतिर भारतबाट सामान नआउँदा भन्सार राजस्वसमेत प्रभावित भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us