मुलुक २०४७ सालमा फर्कियो : वैद्य

काठमाण्डु टुडे २०७० माघ ९ गते १२:३३ मा प्रकाशित

mohanचितवन, ९ माघ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले देश २०४७ सालमा फर्किएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा वैद्यले माओवादीको १० वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिको अन्त्य भएको भन्दै जनताको संविधान र शान्तिका लागि आन्दोलनको विकल्प नभएको बताए ।

जनयुद्धमा लागेको एक शक्ति निर्वाचनमा सहभागी नभएको र अर्को शक्तिलाई पनि पाखा लगाउने काम भएको भन्दै उनले आक्रोस पोखे । यो संविधानसभाबाट शान्ति र संविधान सम्भव नभएको भन्दै वैद्यले सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्नेमा जोड दिए ।

वैद्यले एकीकृत नेकपा (माओवादी)सँगको पार्टी एकीकरण तत्काल सम्भव नभए पनि अन्य दलसँगको एकीकरणको प्रक्रिया अगाडि बढाएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us