कमल थापा संसदीय दलको नेता

काठमाण्डु टुडे २०७० माघ ७ गते १३:२९ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, ७ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष कमल थापालाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

दलको ज्येष्ठ सदस्य श्यामसुन्दर टिवटेवालको अध्यक्षतामा भएको बैठकमा पार्टी उपाध्यक्ष राजीव पराजुलीले नवनिर्वाचित संसदीय दलका नेता थापालाई स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us