गोरखामा साक्षरता अभियान

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:५३ मा प्रकाशित

गोरखा, ८ माघ–गोरखा जिल्लाको उत्तरी क्षेत्रका सबै नागरिकलाई साक्षर बनाउने योजनाका साथ जिल्ला शिक्षा कार्यालयले अभियान शुरु गर्दै छ । आगामी तीन महिनाभित्रमा विकट उत्तरी क्षेत्रका १५ देखि ४५ वर्ष उमेर समूहलाई साक्षर बनाइने योजना छ ।

गोरखा नगरपालिकासहित जिल्लाका ४३ गाविसमा साक्षरता अभियान सञ्चालन हुनेछ । जिल्लास्थित अनौपचारिक शिक्षा समितिको बैठक बसेर जेठ मसान्तभित्र योजना सम्पन्न गर्ने जिल्ला शिक्षा अधिकारी लीलामणि पोखरेलले बताए । पोखरेलका अनुसार जिल्लामा ४३ हजार ५६३ जना साक्षर हुन बाँकी छन् । एकजनालाई साक्षर बनाउनका लागि ४०० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us